राजनीति


कर्णालीका अर्थमन्त्रीद्वारा निर्माणधिन प्रदेश रंगशालाको अनुगमन

कर्णालीका अर्थमन्त्रीद्वारा निर्माणधिन प्रदेश रंगशालाको अनुगमन

नेपालखबर
माघ २१, २०७९ शनिबार १६:२५, सुर्खेत

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले निर्माणधिन प्रदेश रंगशालाको अनुगमन गरेका छन्। 

प्रदेशले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको रंगशालाको शनिबार मन्त्री शाहले अनुगमन गरेका हुन्। 

१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रङ्गशालामा १० हजार दर्शक अट्ने क्षमता छ। भने निर्माणको जिम्मा एमएसी–जिएसएल कम्पनीले लिएको छ। 

उक्त रंगशालाको अनुगमन गर्दै मन्त्री शाहले तोकिएकै समयमा रंगशाला निर्माणको काम सक्नेगरि लाग्नुपर्ने सुझाव दिएका छन्। साथै, मन्त्री शाहले हालसम्मको प्रगति हेर्दा काम सन्तोषजनक रहेको भन्दै प्रसंशा व्यक्त गरे। 

२०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासमेत गरिएको छ। 

यस्तै, अर्थमन्त्री शाहले रंगशालाका लागि कुनै पनि हालतमा बजेटको अभाव हुन नदिने गरी प्रदेश सरकार अग्रसर हुने बताए। अर्थमन्त्री शाहले बजेटका सन्दर्भमा संघ सरकारसँग समेत पहल थालिने बताए। 

प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ ।

हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन्। 

जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad