राजनीति


भ्रमण वर्षको उद्घाटन समारोहमा प्रधानमन्त्री विशिष्ट अतिथि

भ्रमण वर्षको उद्घाटन समारोहमा प्रधानमन्त्री विशिष्ट अतिथि

नेपालखबर
पुस १३, २०७६ आइतबार १६:१५,

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहको विशिष्ट अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याइएको छ।

आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भूषालले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

नेपाल भ्रमण वर्षको उद्घाटन १ जनवरी २०२० (पुस १६ गते) दशरथ रंगशालामा हुनेछ। त्यस्तै सातवटै प्रदेशमा छुट्टाछुट्टै कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गरिँदैछ।

 भ्रमण वर्षको लोगोसहितको प्रवर्द्धनात्मक आकृति अनावरण
नेपाल चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आज चेम्बर भवन कान्तिपथमा प्रवद्र्धनात्मक सन्देशसहितको भ्रमण वर्षको लोगो अनावरण गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाइको भ्रमण वर्ष २०२० को लोगोसहितको आकृतिको अनावरण गरेका हुन्।

उनले यस्ता प्रवद्र्धनात्मक कार्यको प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सले गरेकोले अन्य संस्थामा यस कार्यबाट प्रेरणा मिल्ने बताए। भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रवद्र्धनात्मक कार्यले भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले काठमाडौंमा भ्रमणवर्ष २०२० को लोगोसहितको प्रवद्र्धनात्मक सामग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पर्यटन प्रवद्र्धनात्ममा सक्रियता जनाउने दृढता व्यक्त गरे।

भ्रमण वर्षलाई सघाउने प्रतिबद्धता

नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध संस्थाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विभिन्न संस्थाका प्रतिनिसँग आज सिंहदरबारमा गर्नुभएको छलफलमा उनीहरुले भ्रमण वर्षलाई सफल बनाउने प्रतिबद्धता जनाएका हुन्।

सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) दशरथ रङ्गशालमा हुने समुद्घाटन कार्यक्रममा जातीय पहिचानसहित सहभागी हुने र वर्षभरी हुने कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउने उनीहरुले बताएका छन्। कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन सहकार्य, सहभागिता र सहयोगको आह्वान गरे। आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बारमले भ्रमण वर्षलाई सफल बनाउन आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध संस्थाको सक्रिय सहभागिता रहने बताए।

उनले नेपालको पर्यटनको प्रमुख आधार प्रकृति र संस्कृति भएको बताउँदै आदिवासी जनजातिको संस्कृति नै नेपालको पहिचान र गर्व भएको उल्लेख गरे। आदिवासी जानजाति महासङ्घलगायत संस्थासँग समन्वय गरेर जानकारीमूलक क्यालेण्डर प्रकाशन गरिने मन्त्री भट्टराईको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad