कारोबार


तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

नेपालखबर
पुस १३, २०७६ आइतबार १६:११,

सरकारले आइतबार तीन जलविद्युत आयोजनाका लागि रू. ८५ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता तथा उर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री युवराज खतियोडाको सहभागितामा भएको लगानी बोर्डको बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजनाका लागि करिब रु ६५ अर्ब बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

‘त्यसैगरी मर्स्याङदी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली–३ बी जलविद्युत् परियोजनाका लागि क्रमशः रु ११ अर्ब ७७ करोड ५४ लाख र ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ,’ लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘बैठकले अरुण ३ जलविद्युत परियोजनाको छयाङकुटी–दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठित छानविन समितिलाई प्राविधिकहरु सहितको थप जनशक्ति उपलब्ध गराई दुई महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन गरेको छ।’

बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरीया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी तथा प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु र संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

साथै परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाउन विकासकर्ताको छनोट गर्ने लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको रिज्यालले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad