ad ad

राजनीति


राजेश हमाललाई मिलन पाण्डेले सोधे-राजनीतिमा आउने सम्भावना कस्तो छ?

राजेश हमाललाई मिलन पाण्डेले सोधे-राजनीतिमा आउने सम्भावना कस्तो छ?

नेपालखबर
माघ १९, २०७९ बिहिबार १०:२३, काठमाडौँ

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ। 

भेटमा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको जनाइएको छ। साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको बताइएको छ।

नेता पाण्डेले सामाजिक सञ्जालमा हमालसँगको तस्बिर सेयर गर्दै भनेका छन्, ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो। संविधानका आधारभूत विशेषताबारे छलफल भयो। वैकल्पिक राजनीतिबारे छलफल भयो। उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो।’

उनले थप लेखेका छन्, ‘धेरैले जस्तै हामीले पनि उहाँलाई उठ्ने बेलामा सोध्यौँ, तपाई राजनीतिमा आउने सम्भावना कस्तो छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .