ad ad

राजनीति


परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका भ्रमणमा जाने

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका भ्रमणमा जाने

नेपालखबर
माघ १९, २०७९ बिहिबार ७:१८, काठमाडौँ

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदैछिन्। मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीका अनुसार श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने समारोहमा अतिथिका रुपमा सहभागी हुन मन्त्री पौड्याल त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्। 

उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन्।

परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।

परराष्ट्रमन्त्री डा पौड्याल माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको सहसचिव सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .