ad ad

खेल


पीएसजीको जितमा एम्बाप्पेको दुई पेनाल्टी ‘मिस’

पीएसजीको जितमा एम्बाप्पेको दुई पेनाल्टी ‘मिस’

नेपालखबर
माघ १९, २०७९ बिहिबार ७:३३, काठमाडौँ

मोन्टपेलियरविरुद्ध रोमाञ्चक जित हासिल गर्दै पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग १ मा ५ अंकको अग्रता कायम राखेको छ। 

बुधबार राति भएको खेलमा मोन्टपेलियरलाई ३–१ ले हराउँदै शीर्ष स्थानको पीएसजीले २१ खेलबाट ५१ अंक बनाएको हो। दोस्रो स्थानको मार्सेलीको ४६ अंक छ। 

पीएसजीको जितमा लियोनल मेस्सीले गोल गर्दा केलियन एम्बाप्पे भने पेनाल्टीमा चुके।

खेलका क्रममा घाइते भएपछि एमबाप्पे २०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। एम्बाप्पेले खेलमा दुई पेनाल्टी मिस गरे। खेलको आठौँ मिनेटमा एम्बाप्पेको पेनाल्टी प्रहार मोन्टपेलियरका गोलरक्षकले बचाए। दोस्रोपटक पनि पेनाल्टी अवसर दिँदा एम्बाप्पे चुके। 

गएराति भएको खेलमा नान्टेसलाई २–० ले हराउँदै मार्सिले अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। नाइससँग १–० ले पराजित भएको लेन्स तेस्रो स्थानमा झर्‍यो। दोस्रो स्थानको मार्सिलेको ४५ अंक छ। समान खेलबाट लेन्सको ४५ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .