ad ad

राजनीति


प्रदर्शनीमार्गबाट विप्लवका १५ कार्यकर्ता पक्राउ

प्रदर्शनीमार्गबाट विप्लवका १५ कार्यकर्ता पक्राउ

नेपालखबर
पुस १३, २०७६ आइतबार ९:३०,

सीमा अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो राजधानीको प्रदर्शनी मार्गमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्धमा प्रदर्शनमा उत्रिएका विप्लव नेकपाका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले विप्लव निकट अखिल क्रान्तिकारीका १५ नेता कार्यकर्तालाई पक्राउ गरिएको बताए।

‘प्रदर्शनीमा उत्रिएका १५ जनालाई पक्राउ गरेका छौँ’, डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘अहिले सोधपुछ भइरहेको छ।’

पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन। पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .