ad ad

समाज


नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

नेपालखबर
पुस १३, २०७६ आइतबार ९:३४,

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यकक्षमा तोडफोड गरेको छ।

रजिष्ट्रार नियुक्तिप्रति असन्तुष्ट रहेको नेविंघले उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा आइतबार तोडफोड गरेको त्रिवि स्रोतले जनाएको छ।

राजनीतिक आधारमा असक्षमलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले उपकुलपति कार्यालय तोडफोड गरेका हुन्।

त्रिविक कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बाँस्कोटाको सिफारिसमा शुक्रबार रजिष्ट्रारमा प्राडा पेशल दाहाललाई नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .