ad ad

राजनीति


गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ११, २०७९ बुधबार ८:३२, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा आज (११ माघ) अन्तिम सुनुवाइ हुँदैछ। गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि आज बुधबार (माघ ११) लाई पेशी तोकिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको सांसद पद खारेजी माग गर्दै परेको मुद्धा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ। 

सर्वोच्चले दिएको समयसीमै लिखित जवाफ बुझाएका रविले आफूले पुनः नागरिकता लिनु नपर्ने जिकिर गरेका छन्। आयोगमा रविविरुद्ध कात्तिक २९ गते उजुरी परेको थियो। आयोगले मंसिर १३ गते रविलाई सांसदमा निर्वाचित घोषणा गरेको थियो।

लामिछानेको सांसद पद खारेजी मागसहित गत मंसिर २८ गते पौडेलले सर्वोच्च अदालतमा रिट हालेका थिए। वंशजका आधारमा २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नेपाली नागरिकता लिएका थिए।

तर अमेरिका गएका रविले २०७० फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता भने त्याग गरेका थिएनन्।

अमेरिकी नागरिकता लिएको ५ वर्षपछि उनले २०७५ जेठ ५ गते नेपालस्थित अमेरिकी दुतावासमा अमेरिकी नागरिकता त्याग्न निवेदन दिएका थिए। त्यसअघिबाटै नेपालमा कार्यरत रवि भिसा लिएर नेपाल आएका थिए।

२०७५ असार १४ गते अमेरिकी नागरिकता परित्यागको स्वीकृति पत्र पाएकाले त्यसपछि स्वतः नेपाली नागरिक भएको रविको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .