ad ad

राजनीति


राप्रपा नेपालले बनायो सहकार्यका लागि वार्ता समिति

राप्रपा नेपालले बनायो सहकार्यका लागि वार्ता समिति

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७९ बुधबार ८:४५, काठमाडौँ

राप्रपा नेपालले समान विचार भएका व्यक्ति, समूह तथा दलसँग सहकार्यका निम्ति वार्ता गर्न समिति गठन गरेको छ। 

अध्यक्ष कमल थापाको अध्यक्षतामा यही माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय समितिको बैठकले विचार मिल्ने व्यक्ति, समूह तथा दलसँग संवाद अघि बढाउन समिति गठन गरेको हो। 

राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य छन्। 

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति/विचारसँग सहमत हुने पार्टी, संघ÷संस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रूप दिन यो कमिटीले काम गर्नेछ।

‘धेरै पक्षहरू सम्पर्कमा हुनुहुन्छ, आधिकारिक रूपमा संवाद र सहमति गर्ने हेतुले केन्द्रीय समिति बैठकमार्फत नै वार्ता समिति गठन भएको छ’, बर्ताैलाले भने, ‘केही समयभित्र नै परिणाम दिने गरी समितिले काम थाल्ने छ।’ निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र धार्मिक संघ/संस्थासँग तुरुन्तै संवाद थालिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .