राजनीति


प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
माघ १०, २०७९ मंगलबार ११:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार (१० माघ) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका थिए। 

समसामयिक राजनीति र विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा उनीहरुबीच छलफल भएको जनाइएको छ। 

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलको उम्मेदवार टुंगो लगाउने विषयमा पनि छलफल जारी छ। सत्ता साझेदार दलहरूबीच राष्ट्रपति एमालेले लिने समझदारी भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .