राजनीति


शेखर समूहको बैठकमा खोजियो संसदीय दलमा गगनलाई कम मत खस्नुको कारण

शेखर समूहको बैठकमा खोजियो संसदीय दलमा गगनलाई कम मत खस्नुको कारण

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०७९ आइतबार ११:५९, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहभित्र संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खस्नुको कारण खोजीनीति भएको छ। 

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आइतबार बसेको बैठकमा पुस ६ गते सम्पन्न निर्वाचनमा महामन्त्री थापाको पक्षमा समूहकै मत नखस्नुको कारण खोजीनीति भएको हो। 

बैठकमा सहभागी एक नेताकाअनुसार दलको नेताका लागि भएको निर्वाचनमा समूहको मत एकीकृत हुन नसक्नुको कारणबारे कुरा उठेको थियो। 

बैठकमा समूह भनेर लागेपछि त्यसमा आवद्ध सबैको मत आउनुपर्ने अन्यथा समूह भनेर हिँड्न नहुनेसमेत कुरा उठेको पनि ती नेताले बताए।

‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन। किन कम आयो, टिम भनेर लागे पछाडि टिममा भोट आउन पर्‍यो नि कि टिम भनेर हिंड्न भएन,’ ती नेताले भने। 

दलको नेता चयनका लागि भएको निर्वाचनमा उम्मेदवारी तय गर्न पनि समूह चुकेको ती नेताको भनाइ थियो। 

‘अन्तिम समयसम्म उम्मेदवारी टुंगो लगाउन हाम्रो ढिलाई भयो,’ ती नेताले बैठकमा उठेको कुरा उद्धृत गर्दै भने, ‘शेखर कि गगन भन्नेमा किन अलमल भयौँ।’

दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा ६४ मतका साथ नेता चुनिएका थिए। महामन्त्री थापाले अनुमान गरेभन्दा पनि कम २५ मत मात्रै पाएका थिए। इतर समूहले आफूहरुको मत ३१ रहेको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .