बिहारको कैमुरमा दुई महिला हवल्दारले ५८ वर्षीय शिक्षकलाई सार्वजनिक रूपमा कुटपिट गरेको घटना सार्वजनिक भएपछि प्रहरी विभागले दुवै महिला हवल्दारलाई तीन महिनाका लागि निलम्बन गरेको छ।
यो घटना कैमुर जिल्लाको भाबुआको हो, जुन शुक्रबार सवारी आवागमनका क्रममा भएको थियो। घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
कैमुरका प्रहरी उपरीक्षक ललित मोहन शर्माले घटनामा संलग्न दुवै महिला हवल्दारलाई तीन महिनाका लागि निलम्बन गरिएको जानकारी दिए।
कैमुर जिल्ला मजिस्ट्रेटको आदेशमा भनिएको छ, ‘दुई महिला होमगार्डले एक वृद्धलाई कुटपिट गरेको भिडिओ भाइरल भएपछि छानबिन गरिएको थियो, जसपछि दुवैलाई तत्काल ३ महिनाका लागि ड्युटीबाट बर्खास्त गरिएको छ।’
के भन्छन् पीडित शिक्षक?
घाइते शिक्षकको नाम नवल किशोर पाण्डे हो। निजी विद्यालयमा अङ्ग्रेजी विषय पढाउने शिक्षक ५८ वर्षीय नवल किशोरका अनुसार शुक्रबार स्कुल बिदापछि जयप्रकाश चोकबाट उनी फर्किंदै थिए। त्यतिबेला सडकमा चहलपहल थियो र उनी साइकल लिएर सडक पार गर्दै थिए।
महिला हवल्दारले उनलाई केही भने तर उनले बेवास्ता गरी अगाडि बढे। त्यसपछि एक महिला हवल्दार साइकलको अगाडि आइन् भने अर्कीले पछाडिबाट साइकल समातिन्। ‘के भन्यौ र किन गाली गर्यौ’ भन्दै दुवैले कुटपिट गर्न थाले।
उनले अगाडि सुनाए, ‘चोक भीडभाड थियो। मैले दुवै हातले साइकल समातेको थिएँ। उनीहरूले मेरो हातमा लठ्ठीले हाने। मैले उनीहरूलाई मतलब नगरी, केही नबोली अगाडि बढें। उनीहरूले पछाडिबाट आएर मेरो साइकल समाते। एकजना अगाडि र अर्का पछाडि भएर मेरो पछि लागे। दुवैले मलाई हिर्काउन थाले। तर मैले उनीहरूलाई केही भनिनँ।’
नवल किशोरले यस विषयमा प्रहरीमा उजुरी दिएका छैनन्। उनी भन्छन्, ‘त्यसपछि त्यहाँ धेरै मानिसहरू जम्मा भए र उनीहरूले लेडी कन्स्टेबललाई मलाई छाड्न भने। मलाई करिब २० लठ्ठी हानिएको छ। के गरौँ बुझिनँ, पीडा महसुस भएकाले घर आएँ।’
उनले महिला हवल्दारलाई जागिरबाट बर्खास्त गर्नुपर्ने बताए। उनले भने, ‘मलाई मात्रै होइन, मेरो इज्जतमा पनि चोट पुगेको छ।’
प्रहरीले के भन्यो?
कैमुरका जिल्ला प्रहरी उपरीक्षक ललित मोहन शर्माले भने, ‘यो घटनाले प्रहरीको छविमा आँच पुर्याएको जस्तो देखिन्छ। प्रहरीबाट यस्तो कार्यको अपेक्षा गरिएको हुँदैन।’
उनले यो कुरा बाहिर आएपछि भबुआका प्रहरी नायब उपरीक्षकलाई यस विषयमा अनुसन्धान गर्न भनिएको बताए। उनीहरूले २४ घण्टाभित्र अनुसन्धान प्रतिवेदन बुझाएपछि विभागले दुवै महिला हवल्दारलाई निलम्बन गरेको हो।
उनले अनुसन्धानमा नवल किशोरलाई सडकबाट हट्न भनिएपछि महिला प्रहरी हवल्दारलाई स्थानीय भाषामा गालीगलौज गरेपछि उनीहरूले कुटपिट गरेको पाइएको बताए।
बीबीसी हिन्दीसँग ललित मोहन शर्माले भनेका छन्, ‘कारण जे होस्, तर त्यो गलत थियो त्यसैले कारबाही गरिएको हो।’
हेर्नुहोस् कुटेको भिडिओ–
बिहार की डंडामार महिला पुलिस। देख रहें हैं मुख्यमंत्री जी! उम्र का भी खयाल नहीं। ये वीडियो कैमूर जिले के भभुआ के मंडल कारागार के पास का है। बरहुली गांव निवासी नवल किशोर पांडेय डीपीएस में टीचर हैं। @bihar_police @PIB_Patna @RJDforIndia @NitishKumar #BiharPolice #rohtas #kaimur pic.twitter.com/GmhmqITIKV
— NBT Bihar (@NBTBihar) January 21, 2023
Shares

प्रतिक्रिया