ad ad

राजनीति


ओशो तपोवन छेउको रिसोर्टमा पदाधिकारीसहित छलफलमा जुटे कमल थापा

ओशो तपोवन छेउको रिसोर्टमा पदाधिकारीसहित छलफलमा जुटे कमल थापा

नेपालखबर
माघ ७, २०७९ शनिबार १२:५७, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका पदाधिकारी सहित नुवाकोट जाने बाटोमा ओशो तपोवन छेउमा रहेको ग्रीनलिप्स रिसोर्टमा आज बिहानदेखि छलफमा छन्।

आगामि माघ ९ र १० गते काठमाडौंमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा बैठक चलिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

केन्द्रिय समिति बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा,प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समिक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिबेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदन माथी पदाधिकारीले टिप्पणी सहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले बताए।

समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य बिषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए। आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिती बैठक काठमाडौंमा बोलाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .