ad ad

राजनीति


उपसभामुख चयन गर्न आज चुनाव, भिड्दै छन् रानामगर र यादव

उपसभामुख चयन गर्न आज चुनाव, भिड्दै छन् रानामगर र यादव

उपसभामुख पदका उम्मेदवार इन्दिरा रानामगर र मुक्ताकुमारी यादव। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ७, २०७९ शनिबार ६:२५, काठमाडौँ

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। 

बैठकमा सत्ता गठबन्धनबाट हिजै उम्मेदवारी दर्ता गराएका इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन्। 

हेर्नुहोस् कार्यसूची

यस क्रममा २७५ सदस्यीय प्रतिनिधिसभामा मतदान हुनेछ र बहुमत ल्याउने उम्मेदवार उपसभामुख पदमा चुनिनेछ।

यसअघि सभामुख पदमा भने नेकपा एमालेका सांसद देवराज घिमिरे विजयी भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .