ad ad

राजनीति


‘फरार’हरू समातिन्छन् मात्र होइन, फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ : गृहमन्त्री लामिछाने

‘फरार’हरू समातिन्छन् मात्र होइन, फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ : गृहमन्त्री लामिछाने

फाइल फाेटाे : हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी (बायाँ) र गृहमन्त्री रवि लामिछाने।


नेपालखबर
माघ ७, २०७९ शनिबार ९:४४, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न अपराधका दोषी एवं अभियुक्तलाई कारबाही तथा पक्राउ गर्न आफू कटिबद्ध रहेको बताएका छन्। 

हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको भोलिपल्ट गृहमन्त्री लामिछानेले पुराना ‘फरार’ समातिने मात्र होइन, नयाँ अभियुक्त फरार हुन नसकुन् भन्नेमा आफू सजग रहेको प्रतिक्रिया दिएका हुन्। 

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमा सांसद महतो प्रहरीको फरार सूचीमा छन्। 

गृहमन्त्री लामिछनेले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’

हिजो आफूले बोलेका हरेक शब्द तथा वाचाको हेक्का रहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफू जनताको जीवन बदल्ने प्रयत्नमा रहेको दाबी पनि गरेका छन्।  

‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ’, उनले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ... थोरै पर्खिनुचाहिँ पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .