राजनीति


कांग्रेसबारे योगेश : प्रधानमन्त्रीलाई मुटुले माया गरेको भए देवराजलाई पनि मत दिनू

कांग्रेसबारे योगेश : प्रधानमन्त्रीलाई मुटुले माया गरेको भए देवराजलाई पनि मत दिनू

संसद बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराई। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:६, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले राष्ट्रपति पद ताकेको बताएका छन्।

प्रतिनिधिसभाका सभामुखका लागि हुन लागेको निर्वाचनअघिको छलफलमा भाग लिने क्रममा बिहीबार उनले यस्तो बताएका हुन्। 

'विश्वासको मतलाई आधार मानेर विभिन्न राजनीतिक टिका टिप्पणी हुँदा कतै त्यो विश्वासको मत जानुपर्ने एकातिर लगाइएको नजर अर्कातिर भन्ने भएको छ', उनले भने, 'पुस १० गते अपरान्हसम्म नेपालको राजनीतिक कोर्ष अन्तै थियो। त्यसपछि बदलिएको हो। पुस १० सम्म हामीले केही मागेनौँ। हाम्रो दल प्रतिपक्षमा बस्छ भनेका थियौँ।'

तर कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसकेपछि एमाले अध्यक्ष केपी ओलीले पहलकदमी लिएको उनले बताए। 

'जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपर्थ्यो, असफल हुनुभयो। संविधानलाई धरापमा पर्न नदिन ओलीले पहलकदममी लिएपछि नयाँ कोर्ष अघि बढ्यो', उनले भने, 'प्रतिनिधिसभाको नयाँ कोर्ष ५ वर्षको हो। पुस १० गते बनेको कोर्ष ५ वर्षसम्म रहनेछ।'

उनले प्रतिपक्षमा बसेको भन्ने कांग्रेसले प्रधनमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखमा पनि सघाउनुपर्ने बताएका छन्।

'प्रधानमन्त्रीलाई मुटुले माया गरेको हो भने देवराज घिमिरेले पनि सभामुखमा मत पाउनुपर्छ', उनले भने, 'उहाँहरु राष्ट्रिय सहमतिको गीत पनि गाइरहनु भएको छ। यदि साँच्चिकै राष्ट्रिय सहमतिको कुरा गरेको हो भने देवराज घिमिरेप्रति कांग्रेसको समर्थन हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .