वीर अस्पतालमा मुटुरोगको उपचारको लागि चाहिने क्याथ ल्याब सेवा आइतवार देखि संचालनमा आउने भएको छ। ल्याबको बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्य मन्त्री डा. तोसिमा कार्किले उदघाट्न गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिले वीर अस्पताल स्वास्थ्य क्षेत्रको विरासत भएकाले सम्पूर्ण स्वास्थ्य सेवा त्यहीँबाट उपलब्ध गराउनुपर्ने बताए। मन्त्री गिरीले ‘कुनै पनि नेपालीले उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरोस्’ भन्ने मुल उदेश्यका साथ अस्पतालले सेवा विस्तार गर्न ध्यान दिनुपर्ने बताएका थिए।
मिडियाहरुमा आउने गरे अनुसार अस्पतालका उपकरण छिटो बिग्रने र बिरामी उपचारका लागि बाहिर जानुपर्ने बाध्यतालाई अस्पतालले विशेष ध्यान दिन आग्रह गरे। ‘वीर अस्पतालबाट सक्षम सेवा प्रवाह गरेर देशका अन्य अस्पतालहरुले पनि त्ययसलाई अनुसरन गर्ने सक्ने खालको बनाउँनु पर्छ त्यसका लागि हामीले के सहयोग गर्नु पर्छ गर्छौं।’ मन्त्री गिरिले भने।
त्यस्तै, स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले नयाँ सेवा सुरु हुन लागेकोका बधाई दिदै उच्च मनोवलका साथ काम गर्न अनुरोध गरिन्।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मुल लक्ष्य भएकाले त्यस कार्यका लागि तल्काल कार्य योजना बनाएर अगाडि बढ्न निर्देशन दिए।

अस्पतालका डा. निर्देशक भुपेन्द्र बस्नेतले देशकै ठूलो अस्पतालमा नर्सिङ जनशक्ति निकै कमी भएकाले सेवा बिस्तारमा निकै कठिनाई भइरहेको बताए।
यस विभागको लागि अति आवश्यक क्याथ ल्याब सेवा सुरू गर्न लागेको र यसबाट जनताले अति कम शुल्कका सेवा लिन सक्ने निर्देशक डा बस्नेतले जानकारी दिए।
त्यस्तै, उनले एमआरआइ, सिटी स्क्यान मेसिनहरू थप्न अनुरोध गर्दै मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने अनुदान बढाउन पनि माग गरे।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डीएन साहले यो शिक्षण संस्थान पनि भएकाले यहाँ उपचार र शैक्षिक गतिविधी दुबै हुने हुनाले अहिलेसम्म १२ सय पोष्ट ग्राजुयट उत्पादन गरिसकेको र ७२ वटा शैक्षिक कार्यक्रम संचालन भइरहेको बताए।
मुटुका नसाहरू बन्द भएमा, पानी जम्मा भएमा, मृटु चल्न नसकेर ब्याट्री राख्दा र जन्मजात नै मुटुमा प्वाल छ र त्यसलाई टाल्दा पनि क्याथ ल्याबको आवश्यक पर्ने मुटु विभागका प्रमुख डा समिर पौडेलले जानकारी दिए।
उनले क्याथ ल्याबलाई मुटु रोगको उपचारमा नभई नहुने साधन रहेको समेत जानकारी दिए।
पौडेलका अनुसार ल्याबमा नौ वटा आइसीयू र १८ वडा जनरल वार्ड रहेका छन्।
Shares

प्रतिक्रिया