राजनीति


संसद्‌मा निधिले भने : राष्ट्रपतिदेखि न्यायालयसम्म निर्देशन दिने प्रवृत्तिले झस्किएका छौँ

संसद्‌मा निधिले भने : राष्ट्रपतिदेखि न्यायालयसम्म निर्देशन दिने प्रवृत्तिले झस्किएका छौँ

नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:५९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले विगतमा एउटै दलले राष्ट्रपतिलाईदेखि न्यायपालिकासम्मलाई निर्देशन दिएकाले कांग्रेसबाट सभामुख चयन गर्नुपर्ने बताएका छन्।

बिहीबार बसेको संसद् बैठकमा कांग्रेसबाट सभामुख पदकी उम्मेदवार ईश्वरीदेवी न्यौपानको पक्षमा मत माग्दै उनले विगतमा एउटा दलले गरेको गलत प्रर्वत्तिबाट झस्केको बताए।

एमाले अध्यक्ष केपी ओलीको नाम नलिई निधिले भने, ‘देशका जनताले चाहेको छ, विकास, आर्थिक समृद्धि र शान्ति, यसका लागि प्रतिनिधि सभाको पूर्ण आयू सफलतापुर्वक सम्पादन गर्न सकोस्, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा पनि कुनै एउटा ठाउँबाट निर्देशन दिने, राष्ट्रपतिलाई निर्देशन दिने, अब प्रधानमन्त्रीलाई पनि निर्देशन दिने, हुँदा हुँदा न्यायपालिकालाई पनि निर्देशन दिने प्रवृत्तिबाट हामी झस्केका छौं।’

‘यस्ताकुराहरुबाट सचेत रहनका लागि पनि मलाई लाग्दछ, इश्वरीदेवी न्यौपानेको सभामुख पदमा निर्वाचित भएर आउनु यो अत्यन्त ठूलो सकारात्मक र सहयोगी काम हुनेछ,’ निधिले थपे, ‘सबै माननीय सदस्य, सबै दललाई पुनर्विचार गरेर इश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा मतदान गर्न अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .