राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको छ।
आजै पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलन सहित पार्टीका पदाधिकारी सदस्यहरु तथा जनवर्गीय संगठनका नेताहरुको उपस्थितिमा शुभमुहुर्त शुभसाइतमा विधिपूर्वक ब्राह्मणबाट पुजा–आजा गरि गृह प्रवेश गरेका छन्।
पार्टीलाई व्यवस्थित र चुस्त रुपमा सञ्चालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।
विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको समेत भद्राले बताए।
राप्रपा नेपाल पुनर्जागृत गरेपछि दोस्रो पटक पार्टीले आफ्नो कार्यालय सारेको हो।
48
Shares
प्रतिक्रिया