ad ad

राजनीति


यातायात व्यवस्थालाई छिटो–छरितो बनाउन मन्त्री श्रेष्ठले थाले छलफल

यातायात व्यवस्थालाई छिटो–छरितो बनाउन मन्त्री श्रेष्ठले थाले छलफल

फाइल।


नेपालखबर
पुस ३०, २०७९ शनिबार १९:४५, काठमाडौँ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गरेका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटो छरितो र सरल बनाउने विषयमा छलफल गरेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन आग्रह गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .