नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन्।
नेकपासँग पार्टी एकताका लागि प्रस्ताव लिएर महरा विप्लवसँग वार्ता गर्न गएका हुन्।
महरा निकट एक नेताका अनुसार उनले पूर्वमाओवादीहरु एकजुट भएर प्राप्त उपलब्धि जोगाउनुपर्ने बताएका थिए।
जवाफमा विप्लवले माघ पहिलो साता बस्ने केन्द्रीय समितिको बैठकमा आगामी कार्यदिशा र वाम धुव्रिकरणका विषयमा छलफल गर्ने जवाफ दिएको ती नेताले बताए।
माओवादी केन्द्रसँग पार्टी एकता गर्न विप्लव इच्छुक नदेखिएको ती नेताको भनाई छ।
339
Shares
प्रतिक्रिया