कोशी


सिधुवा बजारको आगो नियन्त्रणमा

सिधुवा बजारको आगो नियन्त्रणमा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २१:३२, काठमाडौँ

धनकुटाको सिधुवा बजारमा लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको छ।

छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा लागेको आगलागी बसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको हो। 

आगलागीबाट चार घर जलेका छन्। त्यस्तै, आगो नियन्त्रणको लागि २ घर भत्काइएको छ।

स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको छ भने सन्तोष राईको घर भत्काइएको हो। 

आगलागी आज बेलुकी करिब ७ः४५ तिर झमक थापाको घरबाट सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad