उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उपत्यका अन्तर्गतका विभिन्न आयोजनाका ठेकेदारले काम सम्पन्न गर्न समयसीमासहित लिखित वाचा गरेका छन्।
मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले लिखित प्रतिवद्धता जाहेर गरेका हुन्।
निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ। साथै अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी छ। त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्छ।’
काठमाडौं जिल्लाअन्तर्गतका आयोजनाहरु
१) महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ साल माघ मसान्तसम्म
२) साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ फागुन १५ गतेसम्म
३) आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक
निर्माण व्यवसायी : शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा।लि।
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ फागुन १५ गतेसम्म
४) सीतापाइला रामकोट भिमढुङ्गा सडक
निर्माण व्यवसायी : आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ माघ मसान्तसम्म
५) पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी : महालक्ष्मीरवर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०८० असार मसान्तसम्म
६) मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायी : सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने
भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१) कमलविनायक वसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी : श्री लोहनी एण्ड ब्रदर्शरलालीगुराँस जेभी
२) मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर।सी।सी। तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी : श्री लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी
३) हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी : श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
४) लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी : श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
उल्लेखित आयोजनाहरुको सन्दर्भमा दुबै पक्ष फरफारक गर्न सहमत भएका छन् ।
ललितपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१) पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत मसान्तभित्र (पुल बाहेक)
२) अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी : ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म
३) अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी : पिए मरमहर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म
४) स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर मनपा १५, खुमलटार, युलेन्स स्कुल ९पुरानो० जाने सडक, ललितपुर
निर्माण व्यवसायी : रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता : २०७९ चैत्र मसान्तसम्म ।
५) कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता : २०८० असार मसान्तसम्म ।
Shares

प्रतिक्रिया