ad ad

राजनीति


सभामुखमा सहमति नहुँदा संसद् बैठक स्थगित

सभामुखमा सहमति नहुँदा संसद् बैठक स्थगित

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ६:४९,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कसलाई बनाउने भनी छनोट गर्न नसक्दा संसदको बैठक सूचना टाँस गरि बुधबारसम्मका लागि स्थागित भएको छ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमित जुट्न सकेकाे छैन।

संसद् सचिवालयले सूचना टाँस गरेर बैठक १६ गतेसम्मका लागि स्थागित गरेको जानकारी गराएको हो। बैठक आज (शुक्रबार) दिउँसो १ बजेका लागि तोकिएको थियो। ‘उप सभामुखको निर्देशनमा महासचिवले बैठक स्थगित भएको सूचना प्रकाशित गर्नु भएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपालखबरसँग भने। सूचनामा विशेष कारणले बैठक स्थगित भएको जानकारी गराइएको छ।

माओवादी केन्द्रबाट सभामुख बनेका कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएपछि सो पद रिक्त छ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाले टुङ्गयाउन सकेको छैन। नेकपा नेताहरूका अनुसार सभामुखका लागि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अग्नी सापकोटाबीच मुख्य प्रतिस्पर्धा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .