ad ad

ग्लोबल


काजकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ३५ को जीवितै उद्धार (अपडेट)

काजकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ३५ को जीवितै उद्धार (अपडेट)

नेपालखबर
पुस ११, २०७६ शुक्रबार ३:३७,

मध्य एशियाली देश काजकस्तानमा १ सय जना सवार विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

अलमाटी शहर नजिकै बेक एयर दुर्घटना हुँदा कम्तिमा १४ को मृत्यु भएको र ३५ जनालाई जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। एजेन्सीका अनुसार बेक एयरको जहाज अलमाटि अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ कंक्रिट पर्खाल र एउटा दुईतले घरमा ठोकिँदा दूर्घटना भएको हो।

विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए। विमान अलमाटीबाट काजकस्तानको राजधानी नूर सुल्तानका लागि उडेको थियो।

सो जहाज मध्यमसाइजको फोकर–१०० ट्वीन टर्बोफ्यान जेट एयरलाइनर भएको जनाइएको छ। यो जहाज बनाउने कम्पनी सन् १९९६ मैं टाट पल्टेर फोकर–१०० उत्पादन रोकेको थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .