राजनीति


देउवालाई ओलीले सम्झाए कांग्रेसले गरेको संसद विघटनको इतिहास (भिडिओसहित)

देउवालाई ओलीले सम्झाए कांग्रेसले गरेको संसद विघटनको इतिहास (भिडिओसहित)

संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेको भन्दै कटाक्ष गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ फर्काएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले सम्बोधनका क्रममा कांग्रेस सभापति देउवाले डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताए। 

उनले देउवाले पटक पटक आफूमाथि संसद विघटन गरेर प्रतिगमनको आरोप लगाएको भन्दै पहिले आफ्नो इतिहास हेर्न आग्रह गरे। 

ओलीले पुरानै भाषा दोहोर्‍याउँदै संसारका कयौँ देशमा पनि संसद विघटन हुने गरेको सुनाए। ओलीले संसद विघटनमा देउवा आफ्नो गुरु जस्तै भएको तर्क गरे।

'अहिले मैले उहाँको एक शब्द खण्डन गर्नु भएन', उनले भने, '२०१५ सालमा कांग्रेसकै नेतृत्वमा बनेको संसद २०१७ सालमा विघटन गर्ने राजा महेन्द्र! त्यो कसका कारण थियो?', उनले भने, '२०४८ मा बनेको संसद २०५१ सालमा विघटन गर्ने कांग्रेस हो। २०५८ असारमा देउवाजीले नै संसद विघटन गरेर असोज १८ र माघ १९ आएको होइन। बरु त्यसबेला मैले समर्थन गरेको थिएँ। यदि चुनाव गराउनु भएन भने गलत भयो चुनाव गराउनु भयो भने सही हुन्छ भनेको थिएँ।'

उनले देउवालाई मौकाअनुसारको राजनीति कसैले नगर्न भने। प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा ओलीले देउवालाई धन्यवाद दिए। 'शेरबहादुर देउवाजीलाई धन्यवाद! म पनि विश्वासको मत दिनु भनेर मागौँला भन्दैथिएँ', उनले भने, 'गिलासमा चिया नखन्याएर किन कार्पेटमा पोख्नु हुन्छ भनेर मैले हिजै भनेको थिएँ। जे होस् उहाँले कपमै चिया हालिदिनु भयो।' 

भिडिओसहित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad