ad ad

राजनीति


संसद् भवनमा प्रतिनिधिसभाको पहिलो बैठक (LIVE)


नेपालखबर
पुस २५ , काठमाडौँ

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभातर्फको पहिलो बैठक सोमबार दिउँसो बसिरहेको छ। 

संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि डाकिएको बैठकको अध्यक्ष जेष्ठ सदस्य पशुपति शमशेर जबराले गरेका छन्। 

संसद सचिवालयले उक्त बैठकको कार्यसूचीमा ६ वटा विषय रहेका छन्। 

जसमा राष्ट्रपतिले पठाएको संसद आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको छ। राष्ट्रपतिबाटै पठाइएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठबनसम्बन्धी पत्र पढेर जबराले सुनाएका छन्।

त्यस्तै प्रतिनिधिसभाको कामकारवाही सम्बन्धी प्रस्ताव पेश र स्वीकृत गरिँदैछ। बैठकको अध्यक्षमण्डलको मनोनयन, अधिवेशन सुरु भएको अवसरमा नेताहरुको मन्तव्य पनि राख्दैछन्। 

यो संसदमा १२ दलको प्रतिनिधित्व छ। जसमा २७५ जना सांसद छन्। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।

यी नेताले गर्नेछन् सम्बोधन
आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। 

जस अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस २५, २०७९ सोमबार १३:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .