अपराध


कटुवा पेस्तोल ताक्दै धम्की दिँदा...

कटुवा पेस्तोल ताक्दै धम्की दिँदा...

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:१९, काठमाडौँ

भोजपुरको षडानन्द नगरपालिका–६ मा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा षडानन्द नगरपालिका-६ का ६७ वर्षीय कुमार चाम्लिङ छन्। 

आइतबार अपराह्न ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानीय व्यक्तिलाई धाकधम्की दिइरहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोविन्द बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थल गएको थियो।

त्यस क्रममा प्रहरीले चाम्लिङलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। चाम्लिङबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .