सत्ता साझेदार सात दलले सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीको बाँडफाँट सकेसम्म आजे टुंगो लगाउने भएको छ।
आइतबार साँझ ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले ७ वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति गराउने तयारी गरेको छ।
आइतबार प्रदेश १ मा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री आधा आधा कार्यकाल लिने सहमति भइसकेको छ।
त्यही सहमतिअनुसार एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई बहुमत सांसदको समर्थन बुझाएका छन्।
प्रदेश १ मा एमालेका ४०, माओवादीका, राप्रपका ६ र जसपाका १ सहित ६० सांसदको समर्थनमा कार्कीले सरकारको दाबी गरेका हुन्।
प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले सभामुख पद आफूहरु लिने बताए। तर, सभामुखको नाम एक दुईदिनभित्र टुंगो लगाउने उनको भनाइ छ।
यस्तै अन्य ६ वटा प्रदेशहरु बाँडफाँटबारे बैठकले सहमति गर्ने नेताहरु बताउँछन्।
Shares

प्रतिक्रिया