उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार चलेको बहस सकिएको छ।
शुक्रबार चलेको बहसका क्रममा रविको नागरिकताबारे रिट हालेका युवराज पौडेल सफलको तर्फबाट बहस गर्दै वकिलहरुले पुनर्प्राप्तिका लागि निवेदन दिनै पर्ने तर्क गरेका छन्।
रविकोतर्फबाट सरकारी र निजी वकिहरुले बहस गरेपछि जवाफी बहसमा निवेदकहरुतर्फका कानुन व्यवसायीले यो तर्क गरेका हुन्।
'रवि लामिछाने को अलौकिक व्यक्ति हो? जसले निवेदन नै नदिइ नागरिकता लिनुपर्ने?', बहसका क्रममा उनीहरुले भने, 'उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनर्प्रापत्तिका लागि निवेदन नै दिएका छैनन्। रविलाई राज्यले गैरनागरिक बनाएको होइन, उनले पुनर्प्राप्तिकै पहल नगरेकाले गैरनागरिक भएका हुन्।'
रिट निवेदककोतर्फबाट बहसमा सहभागी अधिवक्ता सुरेन्द्र भण्डारीले रविले आफैं पुरानो नागरिकता ब्यूँतियो भनेर घोषणा गरेको बताए।
'उनले पुरानो नागरिकता ब्युँतियो भनेर स्वघोषणा गरेका छन्। तर राज्यका निकायमा निवेदन दिएर प्रक्रिया पूरा गर्नुपर्थ्यो', उनले भने, 'निवेदन नै नदिएको अवस्थामा उनी कसरी नेपली नागरिकमा कायम भए? यसको निरुपण हुनुपर्छ।'
सम्बन्धित समाचार
- रविको सांसद पद खारेजी मागसहित सर्वोच्चमा रिट
- सरकार पक्षको तर्क : नागरिकता नलिँदैमा रवि लामिछाने गैरनेपाली होइनन्
- सर्वोच्चका न्यायाधीशहरु भन्छन् : रविको मुद्दा निर्वाचन आयोगले जानजान पन्छायो
- अमेरिका छाडेकै दिनदेखि रवि नेपाली नागरिक भइसके : वरिष्ठ अधिवक्ता पन्त
- मुद्दा नटुंगिएसम्म अन्तरिम आदेशले रविलाई मन्त्रीबाट हटाऊँ : अधिवक्ता कर्ण
- सरकार पक्षको तर्क : नागरिकता नलिँदैमा रवि लामिछाने गैरनेपाली होइनन्
- रविबारे सर्वोच्चमा प्रश्न : अमेरिकी पासपोर्टमा आएको मान्छे कसरी नेपाली हुन्छ?
- नागरिकता मुद्दामा सर्वोच्चको त्यो नजिर, जसले रविलाई पार्न सक्छ संकट
प्रतिक्रिया