वरिष्ठ अधिवक्ता सुशील पन्तले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले अमेरिका छाडेकै दिनदेखि उनी नेपाली नागरिक भइसकेको बताएका छन्।
रविको नागरिकता विवादमा मंसिर २८ गते परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा बहस गर्दै उनले यस्तो बताएका हुन्।
'रवि नेपाल आउँदा भिसाको म्याद हुँदै अमेरिकी नागरिकता त्यागेका छन्। अहिले रिट निवेदकले भने जस्तो अवस्था होइन', उनले भने, 'रवि नेपाल आउँदा अमेरिकी नागरिकता नत्यागेकाले श्रम स्वीकृति ल्याउनुपरेको हो। तर अमेरिका छाडिसकेपछि उनी नेपाली नागरिक भएका हुन्।'
पन्तले ज्यान मुद्दा लागेका माओवादी केन्द्रका नेता अग्नि सापकोटा सभामुख भइसकेको तर्क गरे।
'ज्यान मुद्दा लागेका अग्नि सापकोटा त सभामुख भइसके भने यो सामान्य विषयमा विवाद नगरौँ', उनले भने, 'सामान्य प्रक्रियाकै विषयमा प्रश्न उठ्दैमा विवाद झिक्नुको अर्थ छैन। उनले अमेरिकी नागरिकता त्यागेर आएपछि कसरी गृहमन्त्री हुन मिल्दैन?'
प्रतिक्रिया