ad ad

राजनीति


विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : विष्णु पौडेल

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : विष्णु पौडेल

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १३:५९, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको उनले बताए।  उनले सरकारले विश्वासको मत लिएर मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको जानकारी दिए।

‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ। विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .