राजनीति


गणतन्त्रविरोधी दलसँग गठजोड गर्नु मेरो बाध्यता हो : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रविरोधी दलसँग गठजोड गर्नु मेरो बाध्यता हो : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १४:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताएका छन्।

नेपाल पत्रकार महासंघको टोलीसँग उनले जनमतबाट निर्वाचित शक्ति भएका कारण संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्न बाध्य भएका बताएका हुन्। 

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टका अनुसार महासंघका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कट्टर विरोधीबीच कसरी गठबन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए।

जवाफमा उनले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एकगठ गर्न बाध्य भएको बताएका थिए।

‘हिजो प्रधानमन्त्रीसँगको भेटमा महासंघ पदाधिकारीले प्रधानमन्त्रीलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर  र यसका कट्टर विरोधीबीच कसरी गठवन्धन सम्भव भयो भन्ने प्रशंग उठाएका थिए,’ विष्टले भने, ‘जवाफमा प्रधानमन्त्रीले आफूहरु जनयुद्ध र जनआन्दोलनको बलमा अहिलेको परिवर्तन ल्याउन सफल भए पनि जनमतबाट निर्वाचित शक्तिहरु भएकाले उनीहरुसँग (राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई) एकगठ गर्न बाध्य भएको बताउनुभयो।’

महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल र युट्युबले जनमत बदल्ने गरेको भन्दै सचेत हुनु पर्नेमा पनि जोड दिएका थिए।

सामाजिक सञ्जालले बदल्ने जनमत अस्थायी हुने भए पनि नियमन जरूरी रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .