राजनीति


एमाले कर्णालीका नेताहरुलाई ओलीको आश्वासन : हाम्रै सरकार बनाउने जोडबल हुनेछ

एमाले कर्णालीका नेताहरुलाई ओलीको आश्वासन : हाम्रै सरकार बनाउने जोडबल हुनेछ

एमाले कर्णालीका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओली। तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
पुस २१, २०७९ बिहिबार १८:३७, काठमाडौँ

नेपका एमाले कर्णाली प्रदेशका नेताहरु बालकोट पुगेर एमाले अध्यक्षसँग भेटघाट गरेका छन्। 

कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार नेताहरूले भेटघाट गरेका हुन्। 

भेटमा एमाले अध्यक्ष ओलीले कर्णालीमा एमालेकै सरकार बनाउन कोसिस गर्ने बताएका छन्। 

बालकोटमा सहभागी एमाले एक नेताका अनुसार ओलीले कर्णाली प्रदेशमा एमालेको सरकार बनाउन कोसिस गर्ने आश्वसन दिएको बताए। 

‘कर्णाली प्रदेशबाट गएका नेताहरुले राखेको कुरामा अध्यक्ष ज्युले सहमत रहेको बताउनु भयो। उहाँले जोडबल रहनेछ र गर्छु भनेर भन्नु भएको छ’, उनले भने। 

एमाले कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्नेमा तीव्र रुपमा लविङ्ग गरिहेका छन्। 

एमाले अध्यक्ष ओलीसँग सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले कर्णालीकानेताहरुमो माग रहेको थियो। 

यता  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले पनि पुस १७ गतेनै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर माओवादी केन्द्रको नेतृत्वमा कर्णालीमा सरकार गठन गराउनु पर्ने माग गरिसकेको छ। 

यस्तै, बिहीबार प्रदेश प्रमुखले यही पुस २७ गते साझ ५ बजेसम्म सरकार गठनका लागि आह्वान समेत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad