नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्।
कैलाली क्षेत्र नं. २ को प्रदेश सभा १ बाट निर्वाचित प्रदेश सांसद शाह सर्वसम्मत रुपमा दलको नेता चयन भएको सांसद दिवानसिंह विष्टले जानकारी दिए।
उनका अनुसार संसदीय दलको नेता चयन भएका शाहलाई टीका लगाएर प्रमाण पत्र समेत प्रदान गरिएको छ।
कांग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता बन्नका लागि ६ जनाले आंकाक्षा देखाएका थिए।
कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका कैलालीबाट निर्वाचित प्रकाश देउवा, कमलबहादुर शाह, अछामबाट निर्वाचित मेघराज खड्का र बैतडीका शिवराज भट्टले संसदीय दलको नेतामा दाबी गरेका थिए।
अन्तिममा उनीहरुले शाहलाई समर्थन गरेपछि सर्वसम्मत दलको नेता चयन भएका हुन्।
Shares

प्रतिक्रिया