उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ।
सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो।
सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समिक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरुसँगको एकीकरण र सहकार्य लगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी बताए।
बैठकमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले निर्वाचनको समिक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूचि रहेको जनता समाजवादी पार्टी नेपालले जनाएको छ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्नेछ।
Shares

प्रतिक्रिया