नर्भिक इन्टरनेशनल हस्पिटलमा मिर्गौला प्रत्यारोपण सुरु गरेको छ। नर्भिकले २ वटा सफल मिर्गौला प्रत्यारोपण गरेको हो।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले सफल प्रत्यारोपण गरिसकेको बताउँदै ५–६ वटा लाइनमा रहेको जानकारी दिए।
‘३ महिनाअघि अनुमति पाएका थियौँ। १७ दिनअघि पहिलो प्रत्यारोपण गरिको हो’, मिश्रले भने, ‘६६ वर्षीय र ५४ वर्षीय मानिसको मिर्गौला प्रत्यारोपण सफल भएको छ।’
नर्भिकले ३ दशकदेखि विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। नर्भिकले मिर्गौला फेल भएका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीय पत्नीले दान दिएकी थिइन्। त्यस्तै ५४ वर्षीय पुरुषमा ३० वर्षकी उनकी छोरीले मिर्गौला दिएको जनाएको छ।
हस्पिटलका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवालको नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो।

मिर्गौला प्रत्यारोपणमा सरकारले ५ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ। तर उक्त रकममा उपचार सम्भव नभएको हस्पिटलले जनाएको छ।
‘लागत कति लाग्छ एकीन भन्न सकिन्न। औसतमा १२ लाखमा उपचार हो’, मिश्रले भने। उनका अनुसार अवस्थाअनुसार लागत शुल्क तलमाथि हुन्छ।
आफ्नो सेवा निरन्तरतामा कुनै समस्या नहुने बताउँदै कानुन कडा हुँदा केही समस्या रहेको बताएको छ।
सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ मध्ये पहिलो केही जटिल रहेको अस्पतालले जनाएको छ। पहिलोपटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता रहे पनि सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालको भनाइ छ।
मल्टिस्पेसलिटी अस्पताल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थय समस्य०ाको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेक्ष महत्व राख्ने अस्पतालले जनाएको छ।
अस्पतालले आगामी दिनमा चाँडै कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने जनाएको छ। त्यसको अनुमति लिने प्रक्रिया सुरु भएको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया