राजनीति


ओमिक्रोनको उपप्रजाति फैलनसक्ने सम्भावना उच्च छ, सतर्क रहौं : पौडेल

ओमिक्रोनको उपप्रजाति फैलनसक्ने सम्भावना उच्च छ, सतर्क रहौं : पौडेल

फाइल।


नेपालखबर
पुस १८, २०७९ सोमबार १३:५६, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ओमिक्रोनको नयाँ उपप्रजाति बिएफ–७ बाट बच्न आग्रह गरेका छन्।

छिमेकी मुलुक भारत र चीनमा तिव्र रुपमा फैलिरहेको जानकारी गराउँदै सांसद पौडेलले नेपालमाा पनि जोखिम बढ्न सक्ने सम्भावना उच्च रहेको बताएका छन्। 

‘ओमिक्रोनको नयाँ उपप्रजाति बिएफ–७ छिमेकी मुलुक भारत र चीनमा तिव्र रुपमा फैलिरहेको छ। यसको जोखिममा नेपाल पर्न सक्ने सम्भावना उच्च छ,’ सांसद पौडेलले भनेका छन्, ‘त्यसैले विगतमा गरेको गल्ती नदोहोर्‍याई रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी साथै खोपको पूर्ण मात्रा लगाउन बुस्टर डोजको व्यवस्था अविलम्ब गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad