राजनीति


आगामी रणनीतिबारे पोलिटब्युरो सदस्यसँग सुझाव लिँदै माधव नेपाल

आगामी रणनीतिबारे पोलिटब्युरो सदस्यसँग सुझाव लिँदै माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०७९ सोमबार १३:७, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी रणनीति निर्माणका लागि पोलिटब्युरो सदस्यहरुसँग सुझाव लिँदैछन्।

सोमबार काठमाडौंमा सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले नेताहरुसँग सुझाव लिने जानकारी उपमहासचिव एवम् प्रचार विभाग प्रुमख जगन्नाथ खतिवडाले बताए। 

'आज अहिलेका हरेक विषयमा पोलिटब्युरो सदस्यले बोल्न पाउँछन्। राष्ट्रहितको पक्षमा लगातार उभिइरहने र कसैको दबाबमा नपर्ने हाम्रो पार्टीको नीति हो', उनले भने, 'अध्यक्ष र नेतृत्वलाई नेताहरुको उचित परामर्श चाहिएको छ। पुरानो गठबन्धन कसरी टुट्यो र नयाँ कसरी बन्यो भन्नेबारे अध्यक्षले जानकारी दिनुहुनेछ।'

खतिवडाले पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे कुरा हुने बताए। 'यो बैठकमा निर्वाचन परिणामबारे चर्चाका लागि पनि समेटिएको छ', उनले भने, 'अध्यक्षले आगामी योजनाका लागि सुझाव पनि लिनुहुनेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .