राजनीति


अञ्चलाधीश पाठक अभिनन्दित, राजा वीरेन्द्रलाई नसम्झिएको कमल थापाको गुनासो

अञ्चलाधीश पाठक अभिनन्दित, राजा वीरेन्द्रलाई नसम्झिएको कमल थापाको गुनासो

नेपालखबर
पुस १७, २०७९ आइतबार २०:७, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन त्यसका परिकल्पनाकार प्राडा शंकरराज पाठक अभिनन्दित भए।

पोखरा महानगरपालिकाले यहाँको अमरसिंहचोकमा भव्य समारोह आयोजना गर्दै पाठकलाई अभिनन्दन गरेको हो।

महानगरका मेयर धनराज आचार्यले विमानस्थलको परिकल्पनाकार पाठकले जग्गा अधिग्रहण नगरिदिएको भए विमानस्थल सम्भव नभएको बताए।

२०२९ सालमा गण्डकीको अञ्चलाधीश बनेर आएका पाठकले नै यहाँ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको कुरा राजा वीरेन्द्रसामु राखेका थिए। राजाले उनकै कुरा सुनेर विमानस्थलको  काम अगाडि बढाउन निर्देशन दिएका थिए। 

विमानस्थलको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे। विमानस्थलको उद्घाटनमा सिंगो पोखरेली जनसमुदाय सहभागी भइरहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहिँ विमानस्थलको परिकल्पनाकार राजा वीरेन्द्र नै भएको जिकिर गरे।

सामाजिक सञ्जालमार्फत् उनले भने, ‘आज उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा राजा वीरेन्द्रको परिकल्पना हो।  उद्घाटन समारोहमा राजा वीरेन्द्रको नामसमेत कसैले उच्चारण गरेनन्। इतिहासप्रति गौरव गर्दा वा अरुको योगदानको चर्चा गर्दा सानो भइन्न। राजाको योगदानको प्रशंसा गर्दैमा गणतन्त्र कमजोर हुँदैन, बरु सशक्त देखिन्छ।’ 

पाठकले चाहिँ राजाकै चाहना अनुरुप विमानस्थल बनेको बताउँदै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad