राजनीति


‘पोखरा विमानस्थलका परिकल्पनाकार राजा वीरेन्द्र, उद्घाटनमा नाम नलिनु दु:खद’

‘पोखरा विमानस्थलका परिकल्पनाकार राजा वीरेन्द्र, उद्घाटनमा नाम नलिनु दु:खद’

नेपालखबर
पुस १७, २०७९ आइतबार १७:२, काठमाडौँ

राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा स्वर्गीय राजा वीरेन्द्रलाई नसम्झिएको भन्दै दुःख व्यक्त गरेका छन्। 

आइतबार सामाजिक सञ्जाल फेकबुक मार्फत अध्यक्ष थापाले राजा वीरेन्द्रको परिकल्पनामा रहेको विमानस्थल उद्घाटन गर्दा उनको नाम कसैले उच्चारण नगरेको प्रति टिप्पणी गरेका हुन्। 

राजाको नाम लिँदा कोहि सानो नहुने भन्दै उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा राजा वीरेन्द्रको परिकल्पना हो। उद्घाटन समारोहमा राजा वीरेन्द्रको नाम समेत कसैले उच्चारण गरेनन्। इतिहासप्रति गौरव गर्दा वा अरुको योगदानको चर्चा गर्दा सानो भइन्न। राजाको योगदानको प्रशंसा गर्दैमा गणतन्त्र कमजोर हुँदैन, बरु सशक्त देखिन्छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर आज विमानस्थलको उद्घाटन गरेका हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad