राजनीति


एमालेप्रति झलनाथको कटाक्ष : सरकारमा प्रतिगमनकारी पनि छन्

‘यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडीजस्तो छ’
एमालेप्रति झलनाथको कटाक्ष : सरकारमा प्रतिगमनकारी पनि छन्

फाइल फाेटाे


नेपालखबर
पुस १७, २०७९ आइतबार २०:८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्। 

आइतबार पार्टी केन्द्रय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेकपा एकीकृत समाजवादी अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए। उनले अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको टिप्पणी गरे। उनले नेकपा एमालेप्रति लक्ष्य गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरू सामेल रहेको बताए। 

उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ। यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडीजस्तो छ। वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन्। प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन्, त्यस्ता छन्। उसका के नीति, के कार्यक्रम हुन्छन्, थाहा छैन। झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन। उनीहरूले कार्यक्रम नल्याईकन पर्ख र हेरको अवस्थामा हुनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad