राजनीति


सिंगल छु, मसँग एककित्ता सेयर र सम्पत्ति छैन : उपप्रधानमन्त्री श्रेष्ठ

सिंगल छु, मसँग एककित्ता सेयर र सम्पत्ति छैन : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
पुस १७, २०७९ आइतबार १२:११, काठमाडौँ

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि मन्त्री नभएको बताएका छन्। 

काम गर्नका लागि पदमा आएको तर्क उनले गरेका हुन्। शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिकनिकटता रहेको मेयरसिंह जौवारी प्रतिष्ठानको कर्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनक लागि आयोजित‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै श्रेष्ठले आफूलाई पैसाको कुनै लोभ नभएको दाबी गरेका छन्। 

उनले पद पावरका लागि भन्दा देशको सेवाका लागि केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए।

नेता श्रेष्ठले आफू अविवाहित खुलाए। आफू ‘सिंगल’ नै रहेको भन्दै उनले पैतृक सम्पतिसमेत बेचेर ऋण तिरेको सुनाए।

उनले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए। आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनको भनाइ थियो। 

‘राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ संसद सचिवालयले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी पैसा पार्टीकै लागि दिएको छु।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारहरुको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए। 
‘तपाईँहरुले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन, तपाईंहरुको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियमविपरीत काम गर्न कुनै दबाब नदिनु भएकाले अहिले यहाँ छु।’ 

उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम कानुन उलंघन नगर्ने बताए। तर नियम र कानुनको अधीनमा हुँदाहुँदै पनि होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा चुप नबस्ने बताए।

कार्यक्रममा प्रतिष्ठानका सचिव मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म नेता श्रेष्ठाको भूमिका सधैँ केन्द्रमा रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad