राजनीति


एउटै कम्युनिष्ट पार्टी बनाउनुको विकल्प छैन : देव गुरुङ

एउटै कम्युनिष्ट पार्टी बनाउनुको विकल्प छैन : देव गुरुङ

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १६:३५, बुटवल

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफूहरु एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन्। 

भैरहवामा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेको भन्दै एउटै पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको उल्लेख गरे।  

‘सबै कम्युनिष्ट घटकहरुबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौँ’ उनले भने। 
कम्युनिष्टको एकताबिना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र सहकार्य हुनुपर्ने उल्लेख गरे। 

संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ। 

मुलुकको स्वाधिनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनले बताए।

उनले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधिनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्याउन नसकेको बताए। 

दलहरुको बीचमा सहमति, सहकार्य आवश्यक रहेकोमा जोड दिँदै गुरुङले राष्ट्रियतासँग जोडिएका मुद्दामा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad