ad ad

राजनीति


नागरिकता, शासकीय स्वरुप र संघीयतालाई लिएर संविधान संशोधन गर्नुपर्छः भट्टराई

नागरिकता, शासकीय स्वरुप र संघीयतालाई लिएर संविधान संशोधन गर्नुपर्छः भट्टराई

नेपालखबर
पुस ९, २०७६ बुधबार ९:४४,

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सदन र सडक आन्दोलन चर्काउने बताएका छन्।

सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सरकार संविधान संशोधनको पूर्वसहमतिबाट पछि हटेको भन्दै सदन र सडक आन्दोलन गरेर संशोधनका लागि दबाब बढाउने चेतावनी दिए। उनले तीनवटा विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।

पहिचानमा आधारित संघीयता आवश्यक रहेको र अहिलेको ७ प्रदेश उपयुक्त नभएकाले यसको संशोधन गर्नुपर्ने उनको माग छ।

त्यस्तै शासकीय स्वरुप पनि ठीक नभएको भन्दै नयाँ व्यवस्था हुनुपर्ने उनकाे अर्काे माग छ।  ‘अहिलेको शासकीय स्वरुपको आधारमा प्रधानमन्त्रीले आफू माताहत सरकारी निकायहरु राखेको र कठोर हुँदै गएकोले यो संशोधन गर्न आवश्यक छ,’ उनले भने।

प्रधानमन्त्री मातहत राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग लगायत विभिन्न निकाय आफूमातहत राखेर प्रधानमन्त्रीले शासकीय स्वरुपलाई गलत प्रयोग गरिरहेको भन्दै यसलाई संशोधन गर्न समाजवादीले जोडदार माग गर्दै कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन गर्नुपर्ने दाेहाेर्याए।

नागरिकता र महिलासँग सम्बन्धित विषय पनि संशोधन गर्नुपर्ने उनको माग छ। यी मागहरु पूरा गर्न सरकारलाई दबाब दिन सदन र सडक आन्दोलन गर्ने चेतावनी दिँदै भट्टराईले भने, ‘ सरकार तानाशाही बन्ने दिशातिर गयो, अब सदन र सडक तताउँछाैं, उहाँहरुले बाटो खोलिदिनुभयो।’

सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले कसैले सपना देख्दैमा उसको सपना पूरा गर्नुपर्छ भन्ने केही छैन भनेको विषयमा प्रतिक्रिया दिँदै भट्टराईले प्रश्न गरे, ‘क्याविनेटकै एकजना मन्त्रीले संविधान संशोधन सपना हो भन्न मिल्छ? यसअघि प्रधानमन्त्रीले संशोधन गर्छु भनेर किन हस्ताक्षर गर्या त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .