नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र सांसद जितेका प्रभु साहले बिहीबार काठमाडौंमा नयाँ पार्टी घोषणा गर्दैछन्।
काठमाडौंस्थित क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन गरेर साह 'आम जनता पार्टी' घोषणा गर्न लागेका हुन्।
यो पार्टीमा अहिले उनी एक्लैले खोल्न लागेका हुन्। उनले आफ्नो पार्टीको चुनाव चिह्न मोबाइल फोन रहने निकटहरुलाई बताएका छन्।
उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह नजोडिने भएका छन्। उनी एमालेमा प्रवेश गर्ने सम्भावना बलियो छ।
नयाँ पार्टी खोल्नका लागि यसअघि प्रभु साहसँग वार्तामा रहेका सर्लाही ४ का स्वतन्त्र सांसद डा. अमरेश सिंह तत्काल नजोडिने भएका छन्।
प्रभु साह स्वतन्त्र सांसद भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल र नेकपा एमालेका दोस्रो, तेस्रो तहका नेताहरुसँग संवादमा थिए।
तर उनको तत्कालै कुनै पार्टीसँग कुरा मिलेन। एमालेले उनलाई साधारण सदस्यबाटै निष्कासित गरेको छ। माओवादी र समाजवादीले पनि उनका माग पूरा गर्ने अवस्था तत्कालै नदेखिएको हो।
Shares

प्रतिक्रिया