निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट सरेका छन्। उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।
बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण देउवा भाडाको घरमा सरेका हुन्।
१० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए।
मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा बस्नेछन्।
135
Shares

प्रतिक्रिया