सो क्रममा उनले केही समयका लागि स्मरण गुमाएको मंगलबार बताए। मंगलबार बिहानै अस्पतालमा बोल्सोनारोको होस् खुलेको थियो।
ब्याण्ड टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा बोल्सोनारोले आफूले ‘स्मरण गुमाएको’ बताए।
उनले भने,‘म जब लडे मैले स्मरण गुमाए। जब बिहान होस् खुल्यो तब म अस्पतालमा थिए। अहिले म ठिक छु’
‘मैले हिजो के गरे, मलाई थाहै छैन।’ सैनिक अस्पतालबाट फर्काइएपछि उनी भन्छन्,‘म चिप्लिएर लडेको सम्म थाहा छ। यतिबेला डाक्टरले मलाई आराम गर्न भनेका छन्।’
यसै वर्षको जनवरी १ बाट उनले राष्ट्रपतिको पद सम्हालिरहेका छन्। गतवर्षको सेप्टेम्बरमा चुनावी अभियानका क्रममा बोल्सोनारोमाथि छुरा प्रहार भएको थियो।
त्यसबेला चार सर्जरीपछि उनी निको भएका थिए। यसै महिनाको सुरुवातमा पनि उनले छाला क्यान्सर सम्बन्धी जाँच गराएका थिए। टाइम

प्रतिक्रिया