समाज


‘ज्योति फिल्मस् म्युजिक एवार्ड’ फागुनमा

‘ज्योति फिल्मस् म्युजिक एवार्ड’ फागुनमा

नेपालखबर
पुस ९, २०७६ बुधबार ६:२०,

ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस् म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ।

विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो।

स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए।

आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ। सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मानसमेत गरिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad